अब ग्राहकहरूले बिगमार्टमा सामान खरिद गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छुट पाउने भएका छन् । यो अफर नेपालभर रहेका सबै बिगमार्टका स्टोरहरूमा १ माघले सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
बिगमार्टको जाडो मौसमलाई लक्षित यस ‘विन्टर अफर’मा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा छुटसँगै थुप्रै आकर्षक पुरस्कारहरू प्रदान गरिने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार, बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको डायनामिक क्यूआर स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिनेछ । ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय:जसो विकास बैंक र फाइनान्स कम्पनीहरूको मोबाइल बैंकिङ, वालेटहरू वा कनेक्ट आईपीएस प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
प्रकाशित मिति: आइतबार, पुस २९, २०८० १८:५०