नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको नयाँ केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । नवनिर्वाचित अध्यक्ष करण चौधरीको अध्यक्षतामा बसेको बैठकले आज नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन गरेको हो । नाडा विधानअनुसार पदाधिकारीहरू र सदस्यहरू सर्वसम्मत निर्वाचित गरेको छ।
बैठकले निवर्तमान अध्यक्ष डा ध्रुव थापा, वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको छ । महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल र सहकोषाध्यक्षमा पङ्कज अग्रवाल निर्वाचित भएका छन् । यस्तै संस्थागत सदस्यहरूमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारी निर्वाचित भएका छन् ।
बैठकले केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल सिवाकोटी, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, सञ्जयकुमार खेतान, नवराज भुसाल, ऋद्धि कार्की, दीपेन्दकुमार मिश्र,र सौरभ थापालाई निर्वाचित गरेको छ । विधान बमोजिम अध्यक्ष चौधरीले मेघराज पौडेल, नीलमणि पाठक र सोहन श्रेष्ठलाई सोही केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनीत गरेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० १८:३८