बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज २७.९० अंकले बजार बढेर २०५८.०० विन्दुमा पुगेर बजार बन्द भएको छ ।
नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि उकालो लागेको छ । आज ३.७६ अंकले सेन्सेटिभ इन्डेक्स बढेर ३८४.२९ बिन्दुमा पुगेको छ ।
आज कुल ३०६ कम्पनीको १ करोड ५ लाख कित्ता शेयर ४ अर्ब ४ करोड ८८ लाख ५७ हजारमा किनबेच भयो । आज २०९ कम्पनीका लगानीकर्ताले कमाउँदा ३० कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।
नेप्से बढेसँगै सबै उपसमूहको सूचक उकालो लागेको छ । आज हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक ३.०८ अंकले बढेको छ ।
आज सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सर्वाधिक कारोबार भयो । यो कम्पनीको २६ करोड ६३ लाख ९१ हजारको कारोबार भयो ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०८० १५:१६