क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि फैसला आएन । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा यो मुद्दामा सुनुवाइ भएको थियो ।
यो मुद्दा पटकपटक हेर्दाहेर्दैमा पर्दै राखिँदै आएको छ ।
आज पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखी भोलिका लागि अर्को पेसी तोकिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० १६:४४