नेपालमा ग्रेट वाल मोटर्स (जीडब्लूएम)का सवारीसाधनहरूको आधिकारिक वितरक भीजी इम्पेक्सले विन्टर अफर ल्याएको छ । कम्पनीले यो सिजनमा लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न 'दि लक्जरी ड्राइभ' र 'गियर अप फर ग्रेट डिल्स' अफर ल्याएको कम्पनीले जनाएको छ ।
दि लक्जरी ड्राइभमा ३ लाखसम्म छुट
कम्पनीले दि लक्जरी ड्राइभ खोज्नेहरूका लागि दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । कम्पनीका अनुसार यो अफरमार्फत विद्युतीय सवारीसाधनका उत्साहीहरूले जीडब्लूएमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन् । यस अफरमा ३ लाख रुपैयाँसम्म फाइदा हुन कम्पनीले जनाएको छ । ९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ ईभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनासहितको पहिले अनुभव नगरिएकोे ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
'गियर अप फर ग्रेट डिल्स'मा ७ लाखसम्म फाइदा
जीडब्लूएमको गियर अप फर ग्रेट डिल्स अफरमा ग्राहकहरूले प्रिमियम एसयूभीहरूमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिज र निःशुल्क व्यापक बीमासहित धेरै सुविधाहरूको आनन्द लिन सक्ने बताइएको छ ।
कम्पनीका अनुसार, यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै उनीहरूले पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन् । चाहे प्रिमियम एसयूभी होस् वा विद्युतीय सवारी, जीडब्लूएमसँग प्राथमिकता र जीवनशैलीअनुरूप विभिन्न विकल्पहरू रहेका छन् ।
कम्पनी ग्राहकहरूलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न प्रतिबद्ध छ, र यी अफरहरू त्यस प्रतिबद्धताको प्रमाण हो । लक्जरी ड्राइभ र गियर अप फर ग्रेट डिल्स यस सिजनमा ग्राहकहरूलाई आनन्द र उत्साह प्रदान गर्न विशेष रूपमा तयार पारिएको छ ।
1703058594.jpg)
जीडब्लूएम नेपालले हाभल एचसिक्स, हाभल जोलायन, ओरा ०३ ईभी पावर र विङ्गल ५ जस्ता ग्लोबल मोडेलहरूका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । यस कम्पनीले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरू र प्रिमियम सुविधाहरू उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गरेको छ ।
जीडब्लूएम ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो, जसको विश्वबजारमा ८० सब्सिडायरी र एफिलिएट्सहरू रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७० हजारभन्दा धेरै छ । विगत ६ वर्षदेखि यस कम्पनीले हरेक साल १० लाखभन्दा धेरै गाडीहरू बजारमा बिक्री गरिरहेको छ । चीनबाहेक जीडब्लूएमले आफ्ना उत्कृष्ट गाडीहरू ६० भन्दा धेरै राष्ट्रमा बिक्री गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० १३:३३