शिवम् सिमेन्टले आफ्ना ग्राहकहरूका लागि उपयोगी जनचेतनामूलक सन्देशहरूको संग्रह 'शिवम् सन्देश' सार्वजनिक गरेको छ । कम्पनीले घर निर्माणपूर्व निर्माणका योजनाहरू बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्त्वपूर्ण जानकारीहरू समावेश गरिएको 'शिवम् सन्देश' ल्याएको हो ।
एउटा आफ्नै घर होस् भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पूरा गर्न हामीले जीवनको ठूलो हिस्सा खर्चन्छौँ पनि । वर्षौंको मिहिनेत र पसिनाले बनाएको घर योजनाअनुरुपकै होस्, घर बनाउँदा कुनै गल्ती कमजोरी नहोस् भन्ने चाहना सबैको हुन्छ । सपनाको घर निर्माण गर्ने क्रममा दु:खले कमाएको सम्पत्ति बालुवामा पानी हालेसरि व्यर्थमा खर्च हुन नदिन सही विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ ।
त्यसैले शिवम् सिमेन्टले गुणस्तरीय, सुरक्षित र जुगौँ टिक्ने घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरूको संग्रह 'शिवम् सन्देश' ल्याएको हो ।
कम्पनीका अनुसार, 'शिवम् सन्देश'मा घर बनाउने जग्गाको छनोट गर्नेबारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने ? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्याउनेजस्ता थुप्रै उपयोगी जानकारीहरू समेटिएको छ ।
भूकम्प र बाढीजस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने ? इन्जिनियर र आर्किटेक्टजस्ता प्राविधिकको महत्त्व कति हुन्छ ? साथै, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्नेजस्ता जटिल प्रश्नहरूको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरू 'शिवम् सन्देश'मा समेटिएका छन् । साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुन सक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि 'शिवम् सन्देश'मा समेटिएको छ ।
शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८० १४:००