कोइका अल्मुनाई एशोसिएसन नेपाल (कान) ले काभ्रेको पाँचखाल नगरपालिका– ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई २० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
नेपालको ग्रामिण स्वास्थ्य अवस्थालाई सुधार गर्ने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कोइका नेपालका महासचिव नवराज गौतमले बताए । ‘सामग्रीहरूले स्थानीय गर्भवती महिला एवं नवजात शिशुको स्वास्थ्य सुधार गर्न सहयोग पुग्छ,’ उनले भने ।
नगरपालिकाका उप्रमुख सूर्यमाया दनुवार र अस्पताल व्यवस्थापन समिति अध्यक्ष रामशरण दुलाललाई कोइका नेपाल कार्यालयका सहायक नेपाल निर्देशक श्री जङ्ग उन सोङ, कानका अध्यक्ष विनोद विडारी र महासचिव गौतमले स्वास्थ्य केन्द्रमा एक कार्यक्रम गरी सामग्री दिएको हो ।
कोइका नेपालले पाँचखालकै सर्वमंगला उच्च माध्यमिक विद्यालयलाई स्यानिटरी प्याड भण्डारण र निकाल्नको लागि सजिलो हुने प्याड भेन्डिङ्ग मेशिन, प्रयोग भएको स्यानिटरी प्याड नष्ट गर्ने इन्सिनरेटर मेसिन प्रदान गरेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० १७:०४