कृषि विकास बैंकबाट रकम चोरी प्रकणमा अरु बैंकका कर्मचारीको पनि संलग्नता रहेको तथ्य खुलेको छ । कृषि विकास बैंककै कर्मचारीको संलग्नतामा अरु बैंकका कर्मचारीको सहयोगले रकम चोरी भएको नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।
प्रहरीले गरेको अनुसन्धानले कृषि विकास बैंकको सौराहा शाखाका कर्मचारीले कर्मचारीको युजर नेम प्रयोग भएर सिराहा शाखाको कम्प्युटरबाट नुवाकोट शाखामा रकम सरिएको छ । यस्तो रकम बैंकको केन्द्रीय कार्यालयमा रहेको पानस मनि ट्रान्सफरका कर्मचारी लेमाङ तामाङको खातामा सारिएको थियो ।
प्रहरीले तामाङलाई पक्राउ गरिसकेको छ । सो रकम पनि निकालिएको छ ।
यस्तै कृषि विकास बैंकको शाखाबाट १० लाख रकम कैलाश विकास बैंकको शाखामा सारिएको छ । यसरी सारिएको रकम कैलाश विकास बैंकको मकवानपुरको सिस्नेरी शाखाबाट निकालिएको छ । यसरी रकम झिक्ने कैलाश विकास बैंकका सोही शाखाका कर्मचारी भएको प्रहरीको दाबी छ ।
यस्तै, कृषि विकास बैंकको विभिन्न शाखाबाट बैंककै कैलाली भजनी शाखाबाट मानबहादुर बुढाले झिकेका थिए । यसरी रकम झिक्ने बुढालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
कृषि विकास बैंकको विभिन्न शाखाबाट विभिन्न बैंकमा रकम सारिएको प्रहरीले जनाएको छ । यसरी सारिएकोमध्ये ५३ लाख रुपैयाँ निकालिएको छ । यसरी रकम सार्न र निकाल्न विभिन्न बैंकका विभिन्न शाखाका कर्मचारीको संलग्नता देखिएको प्रहरीले जानकारी दियो ।
बैंकबाट चोरी गरिएको ५३ लाख रुपैयाँमध्ये प्रहरीले ३१ लाख रुपैयाँ बरामद गरिसकेको छ । बाँकी रकम र अभियुक्तको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो पनि पढ्नुहोस्
कृषि विकास बैंकको पैसा कैलाश विकास बैंकबाट निकालियो
कृषि विकास बैंकको करिब ५३ लाख रुपैयाँ ह्याकर समूहले लुट्यो, १० जना पक्राउ
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६ २०:५५