ह्याकरहरुको समूहले कृषि विकास बैंकबाट ठूलो रकम चोरी गरेको छ ।
कृषि विकास बैंकको केन्द्रीय शाखाबाट करिब ५३ लाख रुपैयाँ ह्याक गरेर चोरी गरेको प्रहरीले जनाएको छ । चोरी भएकोमध्ये ३३ लाख प्रहरीले बरामद गरिसकेको छ ।
रकम चोरीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरिरहेको छ । कैलाली, सिरहा र नुवाकोटबाट अभियुक्तहरु पक्राउ परेका हुन् ।
बैंक चोरीको घटनाको अनुसन्धान गरिरहेका प्रहरीका अनुसार उनीहरुले पहिले नबिल बैंकलाई निशाना बनाउने कोशिस गरेका थिए । तर नबिल बैंक चोर्न नसकेपछि कृषि विकास बैंकमा रकम चोरी गरेको बताइएको छ ।
यसरी बैंक ह्याक गर्ने काम नेपालबाट नभएर भारतको मुम्बईबाट भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको बताइएको छ ।
ह्याकरको पैसा चोरी गर्ने कार्यमा नेपालकै पानस रेमिट्यान्सका कर्मचारी समेत संलग्न रहेको पाइएको छ ।
उनीहरु ह्याक गरेर प्राप्त भएको रकमको १० प्रतिशत पाउनेगरी बैंक चोरीमा संलग्न भएको पाइएको अनुसन्धानका क्रममा खुलेको छ ।
ह्याकरहरुले नेपालको कमजोर बैंकिङ प्रणालीमा हमला गरेर करोडौ रकम लुट्ने योजना बनाएको अनुमान गरिएको छ ।
केही साताअघि मात्रै चिनियाँ नागरिकले एटीएम र स्विफ्ट प्रयोग गरी बैंकको रकम चोरी भएको थियो ।
यो पनि पढ्नुहोस्
कृषि विकास बैंकको करिब ५३ लाख रुपैयाँ ह्याकर समूहले लुट्यो, १० जना पक्राउ
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६ १८:५८