हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।
सोमबार श्रेष्ठको तिलगंगा आँखा प्रतिष्ठानमा देब्रे आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।
श्रेष्ठको शल्यक्रिया डा. सन्दुक रुइत, डा. रिता गुरुङ्ग र डा. गोविन्द पौड्याल सहितको समूहले गरेको थियो । प्रतिष्ठानका अनुसार शल्यक्रियामा उनको आँखामा प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको छ ।
त्यस्तै श्रेष्ठको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया ३ महिनाअगाडि गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १८:२२