समान राजस्व अधिकार भएपनि पुँजी संकलन भने स्थानीय तहबीच असमान देखिएको छ ।
काठमाडौं महानगर र मनाङको ङिस्याङ र हुम्लाको नाम्खा गाउँपालिकाको राजस्व अधिकार समान तर पुँजी संकलन भने दुई स्थानीय तहबीच तुलना गर्न सकिदैन ।
नेपालको संविधान, २०७२ र संघीय कानुनमा स्थानीय तहको राजस्व अधिकार समान व्यवस्था छ ।
राजस्व अधिकार समान भएपनि राजस्वको आधार बढी भएका ठाउँमा धेरै पुँजी संकलन हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विष्णुदत्त गौतम बताउँछन् ।
‘यसले स्रोतमा असन्तुलन हुने देखियो, कतै पैसै पैसा, कतै नहुने भयो,’ उनले भने, ‘यसैले अन्तरसरकारी वित्त व्यवस्थापन चाहिन्छ ।’
प्रकाशित मिति: बुधबार, असोज १, २०७६ १५:५७