क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज पनि फैसला आएन । अन्तिम सुनुवाइ भन्दै आज फैसला आउने अनुमान गरिएको थियो । तर, काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खविडाको इजलासले पीडित नाबालिगकी आमाको जन्ममिति प्रमाणीकरण गराउन आदेश दिए ।
उनको जन्ममिति दुईवटा फेला परेको भन्दै अदालतले प्रमाणीकरण गराउन आदेश दिएको हो । लामिछानेले एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा मुद्दा चलिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १३:५८