भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. पवनजंग रायमाझीले पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै भेरी अस्पतालको मेसुमा डा. रायमाझीलाई नियुक्त गरेका हुन् ।
यसअघि भेरी अस्पतालको मेसुका रूपमा डा. बद्री चापागाईं कार्यरत थिए।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० १६:४८