स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न सबैलाई निर्देशन दिएको छ ।
आइतबार मन्त्रालयले सबै विभाग र अस्पतालहरूलाई पत्राचार गर्दै स्वास्थ्य सेवा तथा निजामती सेवातर्फका सम्पूर्ण कर्मचारीहरू नेपाल सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।
परिपत्रमा कर्मचारी कार्यालय समयमा कायाृलयमा उपस्थित रहे/नरहेको सम्बन्धमा कार्यालय प्रमुखबाट नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्न उल्लेख गरिएको छ ।
त्यस्तै मन्त्रालयबाट समेत समय समयमा अनुगमन तथा निरीक्षण हुने मन्त्रालयले जनकारी गराएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८० १९:४७