कारोबारका लागि लाइसेन्स पाएका नयाँ शेयर ब्रोकर कम्पनीले बिहीबार कारोबार सुरु गरेका छन् । लामो विवादपछि उनीहरुले लाइसेन्स पाएका थिए । उनीहरूले केही दिनअघि मात्रै नेप्सेबाट कारोबार अनुमति पाएका थिए ।
धितोपत्र बोर्ड (सेबोन)बाट लाइसेन्स पाएका सातवटा कम्पनीले कारोबार सुरु गरेका छन् । नयाँ ब्रोकरलाई लाइसेन्स वा नदिने भन्ने विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले लाइसेन्स वितरणको बाटो खोलिदिएपछि उनीहरूले लाइसेन्स पाएका सिथए ।
केही साताअघि संसदको अर्थ समितिले लाइसेन्स वितरणबारे पुनः छानबिन गर्ने प्रश्न उठाएको थियो । तर, पछि समितिले छानबिन नगर्ने निर्णय गरी कारोबारका लागि प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको थियो।
भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकेरेज, सन सेक्युरिटिज, शेर्पो सेक्युरिटिज र प्रोपर्टी विजार्ड कम्पनीले अनुमति पाएका छन् ।
नयाँ ब्रोकर कम्पनीमध्ये क्यापिटल म्याक्स सेक्युरिटिज प्राइभेट लिमिटेड ब्रोकर नम्बर ६२ ले आज नेप्सेमा कारोबार सुरू गरेको हो । आज नेपाल एसबीआई बैंकको १० कित्ता सेयर किनेर याे ब्राेकरले नेप्सेमा काराेबारकाे प्रारम्भ गरेकाे हाे ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० १५:०७