आफ्नै मुलुकमा बहादुर हुँदै गएको छु
मेरो जे थियो
ठीक थियो
गोबरले लिपेको घर आँगन
नर्कटले बारेको खेतबारी
सानो आँगन, फूलबारी, अनि खेतबारी
एउटा सानो सुन्दर परिवार
आफैँले बुनेको कपडा
आफैँले उमारेको धान
आफ्नै बारीको तरकारी
आफ्नै खेतको छेउबाट बगेको कुलो
सुख-दु:ख, घाम-छायाँ
पहाड–मधेश, प्रीति-माया
एक रात मेलामा नाचेको रमाइलो
घर पुग्ने बेलाको उकालोपछि
पीपलको चौतारीमा
लगाएको कपडाको फेरले
पुछेको पसिना ओभाएको मुखमा
हिमालको चिसो हावाले हम्किँदा
त्यो सुस्ताएको आनन्द
ती सब कहाँ गए ?
म ती दिनहरू सम्झँदै छु
जब पुसको बिहानीमा झुल्केको घाम
आजजत्तिको छेक्न डराउँथे
न्यानो पाउने विश्वासमा
मैले आजजत्तिको कठ्याङ्ग्रिनुपरेको थिएन
मेरो चार किल्ला मिच्दै छन्
मेरो आफ्नै कुलाको पानीमा हात हाल्न
अरूलाई सोध्नुपर्ने भएको छ
घरको ढोकाको चुकुल नलाग्ने भएको छ
झ्यालका डन्डीहरू खिइएर भाँचिएका छन्
छाना चुहिने भएको छ
घरको गाह्रो चर्किएर पीपल उम्रिँदा
ह्वाङ्ह्वाङ्ती हुने डर भएको छ
मेरा बच्चाहरू आफ्नै आँगनमा
खेल्न डराउने भैसके
अरूहरू उफ्रिन्छन्, कुद्छन्
हकार्छन्, डकार्छन्
म आफ्नै आँगनमा पराइजस्तो भइसकेँ
अब त लाग्छ– आफ्नै मुलुकमा
म बहादुर हुँदै गइरहेको छु ।
Protraction in Absurdity
Time is flying. Work is undone.
Everything but desire is limited.
I’ve deceived myself, no one else-
It’s beyond my comprehension.
Past haunts me. Present tortures me.
What follows... I daren’t tell.
Recollections faint and flickering
Lead but to despair.
What else?
Mountains fly.
Rivers dry up.
To myself I address:
This land of yours is in a shambles.
Despair, dejection,
Apathy and inertia,
Creep slowly and steadily up.
How long shall I grope in such futility?
Thought itself is shadowy.
Life, an empty dream, for lifeless creatures
Appears to me as dejection absolute:
A state where I keep pace in vain
With time's flow—
A protraction in absurdity.
मासूमियत
मासूमियत का अर्थ बदल जाता है
जब मासूम ह्रदय से उद्गम खुशियां
जो किसी से कुछ मांग नहीं रहा है
जिसको किसी से कोई शिकायत नहीं है
पंकज की तरह
जज़्बात में ही खिला था
उसी को छीन कर जश्न मनाने वाले
मुझे निरीह बनाते हैं
मेरी निरीहता में
संपूर्ण आबरू नोच लेते हैं
श्मशान के गिद्ध की तरह
गुनाह करने के बाद
थोड़ा सा दया अगर बचा तो
मुझे गुनहगार बना कर छोड़ देते हैं
नहीं तो -
दफना देते हैं
नामोनिशान मिटा कर ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८० ०६:१५