गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रबार प्रदेशसभामा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ (३८.१ प्रतिशत) र पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख रुपैयाँ (६०.४ प्रतिशत) विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ (१.५ प्रतिशत) छुट्याइएको छ ।
प्रदेशको आम्दानीमा संघ सरकारबाट सशर्ततर्फ ४ अर्ब ९४ करोड १५ लाख रुपैयाँ, समानीकरणतर्फ ७ अर्ब ६२ करोड २५ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ९ अर्ब ५ करोड ३२ लाख, समपूरकतर्फ ८४ करोड रुपैयाँ र विशेष अनुदानतर्फ ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।
आन्तरिक राजस्व ५ अर्ब १६ करोड ९१ लाख ८४ हजार रुपैयाँ प्राप्त हुने लक्ष्य छ । डायलाइसिसको प्रतीक्षामा रहेकाको संख्या शून्य पुर्याउने उद्देश्य प्रदेश सरकारले लिएका छ । सरकारले क्यान्सरपीडितलाई एक लाख रुपैयाँसम्म सहायता दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षभित्र प्रदेशलाई 'उज्यालो गण्डकी' घोषणा गर्ने प्रदेश सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो । कुल बजेटमध्ये वैशाख मसान्तसम्म १२ अर्ब ८४ करोड ९० लाख रुपैयाँ (३५.७८) प्रतिशत खर्च भएको छ ।
बजेटको पूर्ण पाठ :
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १७:२६