सेप्टेम्बर २०१८ मा भारतको सर्वोच्च अदालतले समलैङ्गिक यौन सम्बन्धलाई अपराधको श्रेणीबाट हटायो ।
आपसी सहमतिमा दुई वयष्कबीच हुने समलैङ्गिक सम्बन्धलाई अपराध नमानिने अदालतको ठहर थियो । तर, समलिङ्गीको विवाहलाई कानुनी मान्यता दिने कि नदिने भन्नेबारे भने सर्वोच्चको फैसला आउन बाँकी छ ।
अदालतमा यस्तो माग राख्ने रिट निवेदकमध्ये लेस्बियन, गे र ट्रान्सजेन्डर जोडी छन् । मूलभूत अधिकारको यो बहसलाई राम्रोसँग बुझ्न LGBTQIA को अर्थ जान्न जरुरी हुन्छ ।
समलैङ्गिक समुदायमा सम्मिलित यी अलग-अलग पहिचानको पछाडि दुई कारण छन्- शारीरिक चाहत र गुप्ताङ्गको बनावट ।
यसैबाट अलग-अलग सेक्सुअल (लेस्बियन, गे, बाइसेक्सुअल) र जेन्डर पहिचान (ट्रान्सजेन्डर, इन्टरसेक्स) बन्छ ।
लेस्बियन (L)- ती महिला, जो महिलालाई नै चाहन्छिन् ।
गे (G)- ती पुरुष, जो पुरुषलाई नै चाहन्छन् ।
अक्सर 'गे' शब्दको प्रयोग पूरै समलैङ्गिक समुदायका लागि पनि गरिन्छ । जस्तो कि, ‘गे कम्युनिटी’ वा ‘गे पिपल’ ।
बाइसेक्सुअल (B)- ती व्यक्ति, जो पुरुष र महिला दुवैलाई चाहन्छन् । यस्ता व्यक्ति पुरुष वा महिला दुवै हुन सक्छन् ।
ट्रान्सजेन्डर (T)- ती व्यक्ति, जसको शरीरको गुप्ताङ्गको बनावटअनुसार जन्मिँदा उनीहरूको जेन्डर जे भनिएको हुन्छ, ठूलो भएपछि त्यसको ठीक उल्टो महसुस गर्न थाल्छन् ।
ट्रान्सजेन्डर वुमन- जन्मिँदाखेरी बच्चाको गुप्ताङ्गबाट उसलाई केटा मानिन्छ । तर, समयसँगै उसले केटीजस्तो महसुस गर्न थाल्छ ।
ट्रान्सजेन्डर मेन- जन्मिँदा बच्चाको गुप्ताङबाट उसलाई केटी मानिन्छ । ठूलो हुँदै जाँदा उसले आफूलाई केटाजस्तो महसुस गर्न थाल्छ ।
आफ्नो रुचिको लैङ्गिक पहिचानका लागि औषधि, ‘हर्मोन रिप्सेलमेन्ट थेरापि’ र ‘सेक्स रिअसाइनमेन्ट सर्जरी’मार्फट ‘ट्रान्सजेन्डर’ले आफ्नो शरीरको गुप्ताङ्गको बनावट परिवर्तन गर्छन् ।
कुनै पुरुष वा महिलाकै जस्तो ‘ट्रान्सजेन्डर’ को शारीरिक चाहतअनुसार ऊ ‘लेस्बियन ट्रान्सजेन्डर’, ‘गे ट्रान्सजेन्डर’ वा ‘बाइसेक्सुअल ट्रान्सजेन्डर’ हुन सक्छ ।
क्वीयर (Q)- पहिलापहिला यो शब्दको प्रयोग समलैङ्गिक समुदायप्रति घृणा देखाउनलाई हुन्थ्यो ।
अहिले भने समुदायका कतिपय सदस्य यसलाई अपनाइरहेका छन् । तर, कतिपयको मान्यताचाहिँ के छ भने, उनीहरू आफ्नो पहिचान, आफ्नो शारीरिक इच्छाको स्तरमा मात्रै सीमित राख्न चाहँदैनन् ।
क्वेस्चनिङ (Q)- ती व्यक्ति, जो आफ्नो लैङ्गिक पहिचान र शारीरिक चाहत तय गर्न सकिरहेका हुँदैनन् ।
इन्टर-सेक्स (I)- जन्मिँदा जुन व्यक्तिको गुप्ताङ्गबाट भन्न सकिँदैन- खासमा ऊ केटा हो कि केटी हो, त्यस्ता व्यक्तिलाई ‘इन्टर-सेक्स’ भनिन्छ । डाक्टरलाई त्यो बेला जे सही लाग्छ, त्यो बच्चाको लिङ्गलाई त्यही मान्ने गरिन्छ । अनि त्यसरी नै हुर्काइन्छ । ठूलो भएपछि त्यो व्यक्तिले आफूलाई पुरुष, महिला वा ट्रान्सजेन्डर, जे पनि मान्न सक्छ ।
सन् २०१४ मा सर्वोच्च अदालतले एक ऐतिहासिक फैसलामा ‘ट्रान्सजेन्डर्स’ लाई तेस्रो लिङ्गीको पहिचान दियो । यसअन्तर्गत उनीहरूलाई जागिर, शिक्षालगायतमा आरक्षण दिन सिफारिस गरियो ।
एलाइज (L)- ती मानिस, जो स्वयम् समलैङ्गिक होइनन् तर त्यो समुदायको समर्थन गर्छन् ।
असेक्सअल (A)- त्यो व्यक्ति, जो कुनै पनि अन्य व्यक्तिसँग शारीरिक रूपमा आकर्षित हुँदैन ।
पेनसेक्सुअल (P)- त्यो व्यक्ति, जो कोहीसँग पनि शारीरिक रूपमा आकर्षित हुन सक्छ । उसको आफ्नो लैङ्गिक एवं सेक्सुअल पहिचान पनि तय हुँदैन ।
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८० ०८:३४