सरकारले सहुलियतपूर्ण ब्याज अनुदानका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सोमबार संसद बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सहुलियतपूर्ण ब्याज अनुदानका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।
यस्तै, लघुवित्त वित्तीय संस्थालाई विशिष्टिकृत प्रादेशिक वित्तीय संस्थाका रूपमा विकास गरिने पनि अर्थमन्त्री महतले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:५४