कपिलवस्तुका उखु किसानहरूले काठमाडौंमा धर्ना सुरु गरेका छन् ।
उखुको उचित मूल्य र यसअघि तोकिएको अनुदान रकमसमेत उपलब्ध गराउन माग गर्दै कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले धर्ना सुरु गरेको हो ।
उनीहरूले ट्याक्टर खरिद गर्दा सहुलियतदरमा भन्सार गराई कृषकले स्वयं ल्याउन पाउने गरी व्यवस्था मिलाउन पनि माग गरेका छन् ।
किसानहरूले समयमै उखुको मूल्य निर्धारण गर्न पनि माग गरेका छन् ।


प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० ११:२४