इलाममा अन्तर्राष्ट्रिय चिया महाेत्सव जारी छ । राष्ट्रिय चिया दिवसका अवसरमा बिहीबार काठमाडाैंदेखि सुरु भएको महोत्सव इलाममा शुक्रबार र शनिबार हुँदै छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा महाेत्सव भएकाे हाे । महोत्सवको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका थिए ।
अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवर्धन गर्ने महत्सवकाे उद्देश्य छ । चिया महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी भएका छन् ।
विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराउने आयोजकले जानकारी दिएको छ । हिजो र आज व्यापारीलाई चिया बगैंचा अवलोकन तथा फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गराउने कार्यक्रम छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८० ०६:०६