विकासको इन्जिनका रुपमा हेरिएको प्रदेश सरकार नै विकासको विरोधमा उत्रिएको छ ।
प्रदेश नम्बर २ ले संघीय सरकारले प्रदेशमा सुरु गरिरहेका ठूला विकास आयोजनादेखि उद्योग सञ्चालनमा समेत विरोध गर्दै आएको हो ।
जनकपुर चुरोट कारखाना लिमिटेडको सञ्चालन, सागरनाथ वन तथा विकास परियोजनादेखि निजगढमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्मको विकास कार्यलाई निरन्तर रुपमा प्रदेश सरकारले विरोध गर्दै आइरहेको हो ।
सरकारको न्वारान भएदेखि नै संघीय सरकारले प्रदेश नम्बर २ मा गरिरहेका ठूला विकास निर्माणका कार्यमा अवरोध खडा गरी विवादित बन्दै आएको स्थानीय बुद्धिजीवीको आरोप छ ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६ १६:३६