लुम्बिनी सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएलगत्तै कांग्रेस र माओवादीका नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर माओवादीले एमाले नेता लिला गिरीको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउने छ । त्यसपछि कांग्रेस र माओवादी गठबन्धनले आफ्नो बहुमत रहेको भन्दै प्रदेश प्रमुख समक्ष सरकार बनाउने दाबी पेस गर्ने नेताहरूले बताएका छन् ।
गठबन्धन सरकारको एक घटकले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १४:०१