बुधबार शेयर बजार परिसूचक नेप्से १५.७६ अंकले घटेको छ । आज ०.८१ प्रतिशतले बजार घट्दै १९३३.२९ अंकमा आएर बन्द भएको हो ।
नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३० अंकले घटेको छ । आज सेन्सेटिभ इन्डेक्स ०.६३ प्रतिशतले घटेर ३६३.९१ विन्दुमा पुगेको हो ।
आज कारोबार भएकामध्ये १६६ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । त्यस्तै, ३८ वटा कम्पनीका शेयरमूल्य भने बढेको छ । आज ३७ लाख ७७ हजार ४०० कित्ता शेयर १ अर्ब ३३ करोड ३७ लाख १९ हजारमा किनबेच भयो । बजार घटेसँगै सबै उपसमूहको सूचक पनि ओरालो लागेको छ ।
आज कारोबारमा आएकामध्ये मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, एनएमबी ५०, स्वाभिमान लघुवित्त र इस्टर्न हाइड्रोपावर सर्वाधिक कमाउने पाँच कम्पनी बनेका छन् ।
बुधबार बोटलर्स नेपाल (तराई) का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य ७.६२ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, सानीमा ग्रोथ फन्ड, धवलागिरी लघुवित्त वित्तीय संस्था, मानुसी लघुवित्त र न्यादी हाइड्रोपावर सर्वाधिक गुमाउने पाँच कम्पनी बनेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ १५:५६