प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । एमालेले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्था आएपछि सोमबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखेका थिए । उने संसदबाट स्पष्ट बहुमत पाए ।
उनले विश्वासको मत पाएपछि, ‘सरकारलाई विश्वासको मत प्रदान गर्नुहुने प्रतिनिधिसभाका माननीय सदस्यज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु । तपाईंहरूले दिनुभएको विश्वासलाई ऊर्जामा परिणत गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिज्ञा गर्दछु ।’
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १८:३३