रुकुमपश्चिम प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ । मुसिकोट नगरपालिका–८ स्थित किटेनी खोला रंगेपाताल जंगलको ओढारमा प्रहरीले भरुवा बन्दुक फेला परेको हो ।
जंगलका अवैध हातहतियार रहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले बन्दुक बरामद गरेको रुकुमपश्चिम प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले जानकारी दिए ।
बरामद गरिएका हतियारबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ ११:३३