विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश १ का पर्यटन व्यवसायी आन्दोलित भएका छन् ।
विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन यो क्षेत्रका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीहरुले डेढ दशकभन्दा लामो समयदेखि माग गर्दै आएका थिए ।
प्रदेश सरकारले समेत यो विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६ १६:२९