नेपालमा अझै २२ प्रतिशत जनता विद्युतको पहुँचबाहिर रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।
नेपाल विद्युत प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरुको वडासम्मको विस्तृत अध्ययन गरी हालै सार्वजनिक गरेको विद्युतीकरण तथ्यांकअनुसार हालसम्म ७८ प्रतिशत जनता मात्र विद्युत पहुँचमा छन् ।
तथ्यांकअनुसार प्रदेश नं. ३ मा सबैभन्दा बढी अर्थात् ९०.३० प्रतिशत विद्युतीकरण भएको छ भने कर्णालीमा सबैभन्दा कम २७.०३ प्रतिशत मात्रै विद्युतीकरण भएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६ १६:१६