नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना विद्युतीय गाडीहरूमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ ।
हुन्डाईले ‘अपग्रेड योर इलेक्ट्रिक जोर्नी विथ आयोनिक– ५’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको छ । जसअन्तर्गत ग्राहकहरूले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी कोना वा आयोनिक– ५ सँग साट्न सक्नेछन् । यो एक्सचेन्ज योजनामा कोनाको न्यूनतम एक्सचेन्ज मूल्याङ्कन ४० लाख रुपैयाँ कायम गरिएको छ, जुन हालसम्मको मूल्याङ्कनमा सबैभन्दा बढी रहेको दाबी कम्पनीको छ ।
यो अभियानले नयाँ र विकसित विद्युतीय सवारीसाधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ । यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुरानो कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्ट्रिक वा आयोनिक– ५ का उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्नेछन् ।
नेपालका विद्युतीय सवारीसाधनहरूमा हुन्डाई ईभीहरू अग्रपङ्क्तिमा छन् । यी ईभी गाडीहरूले विश्वभरका ग्राहकहरूको मन जित्न सफल हुनुका साथै नेपाली बजारमा पनि आफ्नो राम्रो वर्चस्व कायम गरिरहेको कम्पनीको दाबी छ ।
प्रतिस्पर्धात्मक विद्युतीय सवारीसाधनको बजारमा हुन्डाईले फ्युचरिस्टिक डिजाइन, अतुलनीय पर्फर्मेन्स र विश्वसनीयताको माध्यमबाट उत्कृष्टताको नयाँ मापदण्ड कायम गरेको छ । यो योजनाबाट ग्राहकहरूले कोना तथा आयोनिक– ५ को सम्पूर्ण विशेषताहरूसँग साक्षात्कार गर्न पाउनेछन् । यो एक्सचेन्ज योजनाले हुन्डाईका विद्युतीय गाडीहरूप्रति ग्राहकहरूको भरोसा बढ्ने विश्वास कम्पनीको छ ।
एक्सचेन्ज अफर योजना नेपालभरिका हुन्डाई शोरुमहरूमा उपलब्ध छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूसहित ४० वटा चार्जिङ स्टेसनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ ।
कम्पनीले परिवर्तनशील नयाँ संरचनामार्फत सवारीसाधन बिक्री मात्र नभई देशभर चार्जिङ स्टेसन विस्तार गरी नेपालमा विद्युतीय सवारीसाधन चलाउने संस्कृतिको विकास गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ १६:५२