लुम्बिनी प्रदेशसभामा रहेका १० दलमध्ये सात दलको समर्थनमा मुख्यमन्त्री बनेका लिला गिरी मन्त्रिपरिषद् विस्तार गरेको २ हप्ता नपुग्दै फेरि मन्त्री थप्ने तयारीमा जुटेका छन् । जसपा सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री गिरीले जसपाका बाँके २(१)बाट निर्वाचित भण्डारी लाल अहिर यादवलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारीसहित मन्त्रिमण्डलमा समावेश गर्ने तयारी गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
हाल कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका तुल्सीराम शर्मालाई भने अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय हेर्ने गरी जिम्मेवारी फेरबदल गर्न लागिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यादवको सोमबार बिहान ११ बजे प्रदेश प्रमुखको कार्यलय बुटवलमा शपथ ग्रहण हुने भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
२७ पुसमा मुख्यमन्त्री लीला गिरीसहित २ जना विनविभागीय मन्त्रीले शपथ ग्रहण गरेका थिए भने माघ २८ मा अन्य ७ जना मन्त्रीले शपथ ग्रहण गरेका थिए । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको कार्यालयसहित १० मन्त्रालय बनाइएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९ १७:४७