एक अमेरिकी रिसर्च कम्पनी हिडनवर्गले तीव्र आर्थिक प्रगति गरिरहेका भारतीय खर्बपति गौतम अडानीबारे २४ जनवरीमा एक रिपोर्ट प्रकाशित गरेपछि अडानीका खराब दिन सुरु भएका छन् ।
हिडनवर्गले आफ्नो प्रतिवेदनमा अडानी ग्रुपका कम्पनी निकै ऋणमा रहेको र शेयरको मूल्य नियन्त्रण गरेर बढाएको दाबी गरिएको थियो । सो रिपोर्ट सार्वजनिक भएसँगै अडानी ग्रुपका सात कम्पनीको शेयर मूल्यमा लगातार गिरावट आउन थालेको छ । रो प्रतिवेदन आउँदा विश्वका तेस्रो धनी व्यक्तिको सूचीमा रहेका गौतम अडानी बुधबार १५ औँ स्थानमा खस्किएका छन् ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार अडानीले पछिल्ला चार दिनमा करिब सात लाख करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । बुधबार पनि उनका कम्पनीका शेयर मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टामा १३.१ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् । अहिले उनको नेटवर्थ ७५.१ अर्ब डलरमा सीमित भएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ १७:४८