लुम्बिनी जनरल इन्स्योरेन्सले लगानीकर्तालाई वितरण गर्ने भनेको ७ प्रतिशत लाभांश संशोधन गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
नेपाल बीमा प्राधिकरणबाट वित्तीय विवरण स्वीकृतिका क्रममा प्राप्त निर्देशन बमोजिम लाभांश संशोधन गरिएको हो । कम्पनीले यसअघिकाे लाभांशकाे प्रस्तावलाई संशोधन गर्दै ६.९९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो ।
इन्स्योरेन्सको १० माघमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ६.९९ प्रतिशत बोनस शेयर दिने निर्यण गरेको हो । सोही अनुसार कम्पनीले नेप्सेमा जानकारीसमेत गराएको छ ।
आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९ १३:१६