नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीलगायतको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ ।
गठबन्धनबाट आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार नभएपछि प्रचण्ड ओलीनिवास बालकोट पुगेका थिए । त्यसपछि क्रमशः रास्वपाका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत पनि बालकोट पुगेका हुन् ।
उक्त बैठकले एमालेले राष्ट्रपति लिने र प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति जुटाएको हो । सहमतिसँगै पहिलो खेपमा साढे २ वर्षका लागि प्रचण्ड प्रधानमन्त्री बन्नेछन् ।
सहमति भएपछि सहमतिको चिट्ठी तयार पारी प्रधानमन्त्रीमा दाबी गर्ने नेताहरू आजै राष्ट्रपति भवन शीतल निवास पुग्दैछन् । आज साँझ ५ बजे सरकार निर्माणका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिँदैछ ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९ १६:०४