सर्वोच्च अदालतले विकिनी किलरका नामले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज देशमुखलाई रिहा गर्न आदेश दिएको छ । हत्या आरोपमा जेल सजाय पाएका शोभराजलाई सर्वोच्चले रिहा गर्न आदेश दिएको हो ।
शोभराजले १९ वर्ष आफू कैदमा बसिसकेको र उमेर ७८ वर्ष भइसकेको भन्दै रिहा गर्न भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबारै रिहा गर्न आदेश दिएको हो ।
फ्रान्सका नागरिक शाेभराजलाई थुनामुक्त गरी १५ दिनभित्र आफ्नाे देश फर्काउन सर्वाेच्चले आदेश दिएकाे छ ।



प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ १८:००