सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा परिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवासँगै उनी सर्वोच्च अदालत आउने तयारी गरेपछि सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
जबरालाई संघीय संसदका महासचिव डा. भरतराज गौतमले निलम्बन फुकुवाको पत्र बुधबार दिएका थिए । सोही विरोधमा कानुन व्यवसायीहरू आन्दोलित भएपछि दुई दिनदेखि सर्वोच्च परिसर तनावग्रस्त छ ।
कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने अडान राखेर धर्नामा बसेका छन् । राणामाथि महाअभियोग लगाइएपछि १ फागुन २०७८ देखि निलम्बनमा थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९ १०:५२