साताको पहिलो कारोबार दिन आइतबार शेयरबजारमा उच्च वृद्धि भएको छ । बजारमापक परिसूचक नेप्से ३२.४३ अंक बढेर १९६५.९८ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स ५.३४ अंक बढेको छ भने फ्लोट इन्डेक्स ३.१४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१६ अंक बढेको छ ।
आइतबार कारोबारमा आएका २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता शेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ । आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको शेयर कारोबार भएकोमा आइतबार २ अर्बमाथिको कारोबार भएको हो ।
नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १६:११