सुनसरी १ मा जसपा नेपालका अशोक राईले अग्रता बढाएका छन् ।
६७ हजार १२३ मत गणना हुँदा जसपाका अशोक राई ११८ मतले अगाडि छन् । जसपाका राईले १४ हजार १०५ मत पाएका छन् । उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १३ हजार ९८७ मत पाएका छन् ।
यसैगरी, नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १० हजार ९९० र स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले ६ हजार ९२९ मत पाएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १३:००