नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकमा २० लाख मत कटाएको छ । समग्रमा दोस्रो स्थानमा रहेको कांग्रेसले पछिल्लोपटक सार्वजनकि मतपरिणामअनुसार २००५१४१ मत पाएको छ ।
शीर्ष स्थानको एमालेले २०७८३९७ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ८८९७५५ मत पाउँदा चौथो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टीले ८५४०९४ मत पाएको छ ।
पाँचौँ स्थानमा रहेको राप्रपाले ४५६८२६ मत पाउँदा छैटौँ स्थानको जसपाले २४६६२७ मत पाएको छ भने सातौँ १८९८९६ स्थानको नेकपा एकीकृत समाजवादीले मत पाएको छ ।
प्रदेशतर्फ मधेसबाहेक ६ प्रदेशमा एमालेको अग्रता छ भने यी प्रदेशमा कांग्रेस दोस्रो स्थानमा छ । त्यस्तै, कांग्रेस मधेस प्रदेशमा अग्रस्थानमा रहँदा एमाले दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ १७:११