नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभाको समानुपातिकमा एक लाख मत कटाएको छ । करिब ४५ लाख मतगणना हुँदा यो पार्टीले एक लाख ४०४ मत पाएकाे छ।
राष्ट्रिय पार्टी बन्न सदरमतको तीन प्रतिशत ल्याउनुपर्ने बाध्यता छ । एकीकृत समाजवादी राष्ट्रिय पार्टी हुन करिब तीन लाख मत ल्याउनुपर्ने देखिन्छ । यो पार्टी राष्ट्रिय पार्टी बन्न संघर्षरत छ ।
करिब १३ लाख मत ल्याएर एमाले पहिलो स्थानमा छ भने १२ लाख २७ हजार मतसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथो स्थानमा माओवादी केन्द्र छ । पाँचौँ स्थानमा राप्रपा छ । नेकपा एकीकृत समाजवादी भने सातौँ स्थानमा छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ १६:५०