राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । प्रतिनिधिसभाको समानुपातिकमा तीन लाख मत कटाएसँगै राप्रपा राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो । राष्ट्रिय पार्टी बन्न सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्छ । आधाभन्दा धेरै मतगणना हुन बाँकी रहँदा नै राप्रपाले ३ लाख मत कटाएको छ । समग्रमा पाँचौँ स्थानमा रहेको राप्रपाले ३ लाख ३ हजार ३१२ मत ल्याएको छ ।
शीर्ष स्थानमा १२६५३४६ मतसहित नेकपा एमाले छ भने दोस्रो स्थानको नेपाली कांग्रेसको मत ११९३३७९ पुगेको छ । यस्तै, तेस्रो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टीले ५८६५१८ मत ल्याउँदा चौथो स्थानको माओवादी केन्द्रले ५४५१९९ मत ल्याइसेको छ । यी पाँच पार्टीबाहेक अन्य राष्ट्रिय पार्टी बन्ने सम्भावना कम छ ।
अहिले मतगणना जारी छ । २०७४ मा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको तर ३ प्रतिशत मत नपाएको राप्रपा राष्ट्रिय पार्टी बन्न सकेको थिएन । तर, राप्रपाको नेतृत्वमा राजेन्द्र लिङ्देन आएसँगै सो पार्टी राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । उसले समानुपातिकमा मात्र होइन, प्रत्यक्षतर्फ पनि राम्रो नतिजा ल्याएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ १६:०२