नेपालको चर्चित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले चलिरहेको फुटबल वर्ल्डकप २०२२ को उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ ।
कम्पनीले फुटबलप्रेमी ग्राहकहरूका लागि वर्ल्डकपको उत्कृष्ट अनुभव गराउने उद्देश्यले सीजीका उत्कृष्ट टेलिभिजनहरूमा ५० हजार ९ सय रुपैयाँसम्मको आकर्षक क्यास ब्याक योजना ल्याएको हो ।
यस विशेष योजनाबाट ग्राहकहरूले उचित मूल्यमा टेलिभिजन खरिद गरी विश्वकप फुटबलको उत्कृष्ट आनन्द लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।
नेपालको आफ्नै ब्रान्ड सीजीले नेपालकै एक मात्र ‘गुगल–सर्टिफाइड टेलिभिजन’ बजारमा उपलब्ध गराउँदै आएको छ । सीजी उपलब्ध गराएको टेलिभिजनहरुमा उत्कृष्ट पिक्चर क्वालिटीलगायत एन्ड्रोइड सिस्टमका सबै फिचरहरू रहने कम्पनीले जनाएको छ ।
साथै, नयाँ ५० हजार ९०० रुपैयाँसम्मको क्यास ब्याक योजनाले गर्दा उक्त टीभीहरूमा ग्राहकहरूको पहुँच झनै सरल र सहज हुने कम्पनीको भनाइ छ ।
हाल बजारमा सीजीले सीजी ब्रान्डका २४ इन्चदेखि ७५ इन्चसम्मका टेलिभिजनहरू उपलब्ध गराएको छ, जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टीभीहरूका साथै एन्ड्रोइड टीभीहरूसहितका नेपालकै एक मात्र गुगल सर्टिफाइड टीभी उपलब्ध छन् ।
कम्पनीले हरेक सीजी टीभीमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरूसमेत पस्केको छ । त्यस्तै, सीजी ब्रान्डका टीभीहरूमा ५जी नेटवर्क क्षमतालगायत डल्बी अडियोको उत्कृष्ट साउन्ड सिस्टम पनि जडान गरिएको छ ।
त्यस्तै, सीजी ब्रान्डका टीभीहरूमा उत्कृष्ट, इमर्सिभ टीभी हेराइको अनुभव प्रदान गर्न मोसन इस्टिमेट एन्ड मोसन कम्पेन्सेसन (एमईएमसी) फिचर पनि रहेको कम्पनीको दाबी छ ।
त्यस्तै, २वे ब्लुटुथ डिभाइस कनेक्ट गर्न सकिने क्षमता पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १६:१२