राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरबाट ११ स्थानमा अग्रता लिएको छ । नवजात पार्टी भए पनि उसका उम्मेदवारहरूले ठूला राजनीनिक दलका शीर्ष नेताहरूलाई चुनौती दिइरहेका छन् । पहिलोपटक निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नयाँ र युवा उम्मेदवारले दशकयता राजनीनिक गर्दै आएका शीर्ष नेताहरूलाई पनि यो निर्वाचनमा ब्रेक लगाउने स्थिति सिर्जना हुँदै गएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती दिएका मुख्य निर्वाचन क्षेत्र
रुपन्देही– २
रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणना सुरु भएदेखि नै अग्रता लिएको छ । । पछिल्लो मतपरिणाम अनुसार रास्वपाका गणेश पौडेलले २ हजार २ सय ४४ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका एमाले उपाध्यक्ष विष्णु पौडेल १ हजार ९ सय ४४ मत पाएका छन् ।
चितवन –२
चितवन २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन् । समाचार तयार पार्दासम्म उनी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भन्दा ५ सय ४ मतले अघि छन् ।
पोखरलले ३ हजार ४५ मतका साथ अग्रता लिइरहँदा लामिछानेले २ हजार ५ सय ४१ मतका साथ पछ्याइरहेका छन् । यहाँ कांग्रेसका उमेश श्रेष्ठले २ हजार ४ सय ४७ मत पाएका छन् ।
ललितपुर–३
ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छन् । एमालेका अमृत खड्कासँग उनकाे प्रतिस्पर्धा भइरहेकाे छ । तोसिमाले ५ हजार १ सय २३ मत ल्याउँदा एमालेका खड्काले ३ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २ सय ९३ मत प्राप्त गरेकी छिन् ।
काठमाडौं –२
काठमाडौं –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छिन् । करिब ५ हजार मत गन्दा १ हजार ७ सय १९ मत ल्याएर उनले अग्रता लिएकी हुन् । दोस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले १ हजार २ सय ८९ मत पाएकी छन् ।
साथै, राप्रपा उम्मेदवार कुन्ती पोखरेलले १ हजार १ सय १५ ल्याएर तेस्रो स्थानमा छिन् भने नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले १ह जार ९३ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट माधवकुमार नेपाल निर्वाचित भएका थिए ।
काठमाडौं ७
काठमाडाैं ७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएकाे छ । यहाँ एमाले दाेस्राे स्थानमा छ । रास्वपाका गणेश पराजुलीले २ हजार ६ सय ६९ मत पाएका छन् । अहिलेसम्म एमालेका श्याम कुमार घिमिरेले २ हजार ५ सय ८७ मत र माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी) यमीकाे २ हजार १ सय ५८ मत छ ।
काठमाडौं–८
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम राखेका छन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् ।
श्रेष्ठले ५ हजार ३ सय ८६ मत ल्याउँदा सायमीले ४ हजार २ सय ५४ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २ हजार १ सय १० मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २ हजार २ सय मत पाएका छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनका दलले एकीकृत समाजवादीका श्रेष्ठलाई समर्थन गरेका छन् ।
नवलपरासीपश्चिम– १
नवलपरासी पश्चिमको क्षेत्र– १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका विनोद चौधरीलाई पछि पार्दै रास्वपाका महेन्द्रसेन ठकुरीले अग्रता लिएका हुन् ।
रास्वपाका ठकुरीले ३ हजार ९ सय ५८ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका चौधरीले ३ हजार ८ सय ६९ मत पाएका छन् । जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९ सय १२ मत पाएका छन् । चौधरीलाई सत्ता गठबन्धनको साथ छ भने हृदयेशलाई एमालेले सहयोग गरेको छ ।
झापा–४
झापा–४ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाललाई पछि पार्दै एमालेका एलपी साँवा लिम्बूले अग्रता लिएका छन् ।
साँवा एमालेका केन्द्रीय सदस्य हुन् । एमालेका लिम्बूले ४ हजार २ सय ४ मत पाएका छन् भने उनलाई पछ्याइरहेका रास्वपाका ढकालले ४ हजार १ सय ७० मत पाएका छन् । ढकाल पहिलो पटक सांसदमा उठेका हुन् भने साँवा तेस्रोपटक एमालेबाट उठेका हुन् ।
कास्की –२
कास्कीका २ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन् । क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवातदेखिको अग्रता कायमै छ । ८ हजार ३ सय ५२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल नेकपा एमालेकी विद्या भट्टराई भन्दा १ सय ७४ मतले अगाडि छन् ।
कँडेलले २ हजार ४ सय ३१ र भट्टराईले २ हजार २ सय ५७ मत प्राप्त गरे । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका श्रीनाथ बराल तेस्रो स्थानमा छन् । उनले १ हजार ४ सय ३ मत पाएका छन् ।
कास्की –३
कास्की ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलको अग्रता छ । उनले ३ हजार ३ सय ६ मत प्राप्त गर्दा एमालेका दामोदर पौडेल ‘बैरागी’ २ हजार ९ सय ५१ मत ल्याएर दोस्रो स्थानमा छन् ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका रामजीप्रसाद बराल ‘जीवन’ को पक्षमा १ हजार ८ सय ७८ मत खसेको छ । बराल गण्डकीका अर्थमन्त्री समेत हुन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ ११:१६