सिंगो एमाले सत्ता गठबन्धनविरुद्ध चुनावी मैदानमा उत्रिन्छ भन्ने धेरैको अनुमान थियो । २३ असोजमा जब प्रतिनिधिसभा र प्रदेशसभाका लागि टिकट वितरण गरियो, त्यसपछि एमालेमा विष्फोट भइदियो । देशव्यापी रूपमा नेता र कार्यकर्ताले पार्टी छोड्नेदेखि दल बदलेर उम्मेदवारी दिने परिस्थिति बन्यो । गठबन्धनभन्दा बढ्ता एमालेभित्र देखिएको असन्तुष्टि र आक्रोशले क्षति कति पुग्छ ? एमालेले आन्तरिक मूल्यांकन गरिरहेको होला । तर, परिस्थिति एमाले अध्यक्ष केपी ओलीले चाहेजस्तो पनि बनेको छैन । यस्तै विषयमा केन्द्रित भएर एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँग शिलापत्रका लागि योगेश ढकालले गरेको कुराकानीको सम्पादित अंश:
चिरपरिचित प्रतिद्वन्द्वीसँग चुनावी मैदानमा हुनुहुन्छ । कहिले चन्द्र भण्डारी कहिले प्रदीप ज्ञवाली निर्वाचित हुने गुल्मी १ मा अहिले भण्डारीले माओवादीसमेतको साथ पाएका छन् । तपाईंलाई त खुब डर लागिरहेको होला है ?
आफ्नो चुनावी परिणामप्रति विश्वस्त छु । त्यसैले डर, चिन्ता, तनावमुक्त भएर जनतासँग भेटघाट र छलफलमा छु । त्यसका निश्चित आधार छन् । गुल्मेली जनताले अविचलित रूपमा माया र विश्वास गरिरहनुभएको छ, त्यो विश्वास र माया आजसम्म कायम छ । त्यसैले तनावरहित अवस्थाबाट चुनावी अभिायनमा छु ।
हिजोको सहयात्री माओवादीको समर्थन नहुँदा तपाईंमाथि दबाब त परेकै होला नि ?
मलाई त्यस्तो लाग्दैन । पहिलोपटक २०६४ सालमा हामीसँगै चुनावी प्रतिस्पर्धामा थियौं । त्यतिबेला माओवादी अलग्गै चुनावी अभियानमा थियो । माओवादीको देशव्यापी दबदबाको समयमा आफ्नै बलबुता र सांगठनिक बलमा निर्वाचित भएको थिएँ । त्यस भएर मेरो जितमा २०७४ सालमा केही योगदान रह्यो होला तर त्यसभन्दा अघि नै एक्लै प्रतिस्पर्धा गरेर जितेको छु । गणितीय हिसाबको कुरा गर्दा पनि माओवादीको मत कटाउँदा पनि गठबन्धनको मतभन्दा अगाडि छु । त्यसैले उहाँहरूको गठबन्धनबाट कुनै चिन्ता छैन ।
गुल्मीकै सन्दर्भमा पनि तपाईंबाट अपेक्षित विकास भएन भन्ने गुनासो सुन्ने गरिन्छ नि ?
जनताका केही विषय रहन सक्छन् । त्यो स्वाभाविक हो । किनभने मजस्तो भद्रगोल बिरासत लिएर निर्वाचित भएँ, रातारात ती समस्याको समाधान सम्भव थिएन । मलाई गर्व छ कि, हामीले १८ अर्ब रुपैयाँ यो पाँच वर्षमा निर्वाचन क्षेत्रमा बजेट विनियोजन गरेका छौँ । केही महत्त्वपूर्ण र दीर्घकालीन रणनीतिका परियोजना सुरु भएका छन् । कालीगण्डकी करिडोर गुल्मी र बाग्लुङका लागि मात्र होइन, देशकै लागि लाइफलाइनका रूपमा विकास हुन सक्ने अन्तर्राष्ट्रिय राजमार्गको विकास गरेका छौँ । त्यसले पूर्णता प्राप्त गर्दैछ । मदन भण्डारी राष्ट्रिय राजमार्ग, अन्य महत्त्वपूर्ण पूर्वाधारका काम सम्पन्न गरेका छौँ ।
टिकट वितरणको बिहानसम्म एमालेको पक्षमा स्टाटस लेख्दै हिँड्ने साथीहरूका लागि टिकट नपाएपछि रातारात एमाले बिरानो भयो । लडाइ मूल्यका लागि थियो कि ? सिद्धान्तका लागि थियो कि ? दर्शनका लागि थियो कि ? एकथान टिकटका लागि थियो ? भन्ने प्रस्ट पारेन र ।
खानेपानीको समस्या जिल्लामा निकै ठूलो थियो । हामीले खानेपानीको समस्या ९५ प्रतिशत समाधान गरेका छौँ । जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराएका छौँ । 'एक घर, एक धारा' अभियानअन्तर्गत जनताले आफ्नै घरमा धारा खोल्न पाउने अवस्था सिर्जना भएको छ । खरका छाना विस्थापित गरेका छौँ । प्रत्येक पालिका १५ शैय्याका अस्पताल निर्माणाधीन अवस्थामा छन् । यहाँका हरेक सुख दुखमा सँगै छु । ०७६ सालमा बाढी पहिरोले ठूलो क्षति पुर्यायो, त्यतिबेला उहाँहरूकै साथमा थिए । कोभिडको बेलामा अथक प्रयास गरेको छु । यी काम हुन्, जसले जनता सन्तुष्ट हुनुहन्छ भन्ने ठान्छु । निश्चय पनि केही कामलाई गति दिनुपर्ने, कतिपय नयाँ योजना थप्नुपर्ने, सुरु भएका योजनालाई पूर्णता दिनुपर्नेलगायतका केही काम बाँकी होलान् । स्वस्थ ढंगले आउने गुनासो र आलोचना हाम्रा लागि मार्गदर्शन हुन्, त्यसलाई शिरोधार्य गरेर अगाडि बढ्छु ।
तपाईंले यति भनेपछि स्वाभाविक रूपमा प्रश्न उठ्छ यो चुनावसँगै तपाईं गुल्मेली जनताका लागि के कोसेली लिएर जाँदै हुनुहुन्छ ?
यसलाई दुईवटा आयामबाट हेर्नुपर्छ । पहिलो कुरा राष्ट्रिय राजनीति नै हो । अहिले राष्ट्रिय राजनीति दुर्घटनाग्रस्त अवस्थामा पुग्न लागेको छ । गठबन्धनले राष्ट्रिय स्वाभिमान, राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिमा जुन ढंगले गहिरो आघात पुर्याएको छ । यसबीचमा लोकतन्त्रको चीरहरण भएको छ । समृद्धिका सपनालाई अस्तव्यस्त बनाइएको छ । सिंगो राज्य संयन्त्रलाई दोहनको यन्त्र बनाउने सेटिङबाट मुलुकलाई अगाडि बढाउन खोजिएको छ । मुलुकको समृद्धि र राष्ट्रिय स्वाभिमानको रक्षा हुन सकेको छैन ।
यी राष्ट्रिय मुद्दा पनि मैले साथमा राखेको छु । यसैमा जोडिएर राजनीतिमा स्वस्थ, मर्यादित, निष्ठा र मूल्यमान्यताको कुरा आउँछ, त्यसमा म निरन्तर लडिररहेको छु । त्यसमा जिल्लावासीको सधैँ माया र विश्वास पाइरहेको छु । दोस्रो आयाम चाहिँ विकाससँग जोडिएको कुरा भयो । यी निर्माणाधीन सबै परियोजनालाई समयमै सम्पन्न गर्ने प्रयास छ । अबको मुख्य फोकस युवा स्वरोजगारसँग जोडिएको छ । युवाहरूलाई सिप, तालिम र स्टार्टअपका लागि पुँजी उपलब्ध गराउँदै स्वदेशमै अड्याउन सक्ने युवा उद्यमशीलता मेरो मुख्य एजेण्डा हुनेछ ।
एमालेभित्र टिकट वितरणकै कारण देशव्यापी रूपमा असन्तुष्टि देखिएको छ । तपाईंको जिल्लामा कति प्रभाव देखिन्छ ?
मेरो जिल्लामा त्यस्तो समस्या छैन । मेरो नाम जिल्लाले सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरेको थियो । प्रदेशसभाका उम्मेदवारको पनि छलफल गरेर सहमति र समझदारीमै टुंगो लगाएका छौँ ।
अहिले एमालेलाई जित निकाल्न सत्ता गठबन्धनका कारण स्वाभाविक रूपमा दबाब पर्नेछ । एमालेका उम्मेदवारले सत्ता गठबन्धनभन्दा पनि एमालेभित्रकै असन्तुष्टबाट जित निकाल्न समस्या भएको विश्लेषण पनि भइरहेको छ नि ?
केही केही ठाउँमा समस्या होलान् । मैले अभियानमा व्यस्त भएकै बेलामा पनि केही जिल्लामा साथीहरूलाई फोन गरेर स्वतन्त्र र बागी उम्मेदवारी दिएका र असन्तुष्ट भएर अभियानमा नजोडिनु भएका साथीहरूलाई जोड्ने काम गरेको छु । नेताहरूले पनि त्यो गरिरहनुुभएको छ । एमालेजस्तो विशाल पार्टीमा उम्मेदवारीका आकांक्षी धेरै हुने र आफूले टिकट नपाउँदा चित्त दुखाउने देखिएको छ ।
चित्त दुखाउने एक हदसम्मको कुरालाई स्वाभाविक मान्न सकिएला तर पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उभिने कुरा चाहिँ किमार्थ पनि स्वीकार गर्न सकिँदैन । यो कुरा उहाँहरूलाई प्रस्ट बताएका छौँ । राजनीति भनेको एउटा चुनावमात्रै होइन । समय बित्दै जाँदा पार्टी केही असन्तुष्टि छन् भने ती पनि समाधान हुँदै जान्छन् । अहिले व्यक्ति को जित्ने भन्ने प्रश्न होइन । प्रश्न देशले जित्ने कि हार्ने भन्ने हो । अलिकति असन्तुष्टि र गुनासो गरिरहेका साथीहरू पनि सचेतन ढंगले अभियानमा जोडिनुहुन्छ भन्ने विश्वास छ ।
एमालेमा घनश्याम भुसाल र भीम रावलले टिकट नपाउने कमल थापा र एकनाथ ढकालहरूलाई रातो कार्पेट बिछ्याउने प्रवृत्तिले एमालेलाई कहाँ पुर्याउँछ ?
एमालेमा यीसहित साह्रै धेरै नेताहरू हुनुहुन्छ । घनश्याम भुसाल र भीम रावलले मात्र टिकट नपाउनुभएको होइन । युवराज ज्ञवालीले पनि पाउनु भएको छैन । अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार हुनुभएको छैन । रामबहादुर थापा पनि लड्नुभएको छैन । उपाध्यक्षहरूले नै टिकट पाउनु भएको छैन । अरु थुप्रै हुनुहुन्छ । नेतृत्वको नजिकका साथीहरू पनि नेताहरूको व्यवस्थापन गर्दा धेरैले टिकट पाउनुभएको छैन । एमालेभित्र निश्चित व्यक्तिलाई पूर्वाग्रह राखेर टिकट नदिएको भन्ने मलाई लाग्दैन ।
हामीले अहिले समानुपातिकतर्फको मत ४० प्रतिशत कटाउँछौँ । त्यसले करिब ५० भन्दा सिट जिताउनेछ । त्यसबाहेक प्रत्यक्षतर्फ ९० देखि १०० को हाराहारीमा सिट जित्ने प्रारम्भिक आकलन छ । त्यसकारण गठबन्धनका यावत् घेराबन्दीहरू चिर्दै मंसिरको तेस्रो साता एमाले बहुमतसहित सिंहदरबार छिर्नेछ ।
हिजो पार्टीभित्र फरक धारणा राख्ने, अन्य समूहबाट जोडिएका साथीहरूमध्ये अधिकांशले टिकट पाउनुभएको छ र चुनावी मैदानमा हुनुहुन्छ । केही साथीको हकमा प्रश्न उठेका छन् । संसदीय मामिला भनेको निकै पेचिलो, संगठित र एउटा मतले सरकार बन्ने वा ढल्ने असाध्यै गणितीय संघर्ष पनि हो । यो गणितीय संघर्षमा अनुशासनको असाध्यै ठूलो भूमिका हुन्छ । तपाईंले नाम लिनुुभएका कतिपय साथीहरूले त्यो अनुशासन पालना गर्न सक्नुभएन । र, हामीले उहाँहरूबाट आइन्दा त्यो ढंगको गल्ती नहुने सुनिश्चितता खोजेका थियौं तर न विगतका कमजोरीप्रति आत्मालोचित हुनुभयो, न त भविष्यमा पार्टीको निर्णयको पक्षमा दृढतापूर्वक उभिने लक्षण र प्रतिवद्धता पायौँ । त्यो स्थितिमा संसदीय अभ्यासमा अराजकतालाई प्रोत्साहन दिन सकिँदैन थियो ।
त्यसकारण उहाँहरूले टिकट पाउनु भएन । दोस्रो, उहाँहरूको लडाइ मूल्यमान्यताका लागि थिएन भन्ने प्रस्ट देखिन्थ्यो । टिकट वितरणको बिहानसम्म एमालेको पक्षमा स्टाटस लेख्दै हिँड्ने साथीहरूका लागि टिकट नपाएपछि रातारात एमाले बिरानो भयो । लडाइ मूल्यका लागि थियो कि ? सिद्धान्तका लागि थियो कि ? दर्शनका लागि थियो कि ? एकथान टिकटका लागि थियो ? भन्ने प्रस्ट पारेन र ।
एमालेले टिकट वितरणमा काखापाखा गरेकाले देशव्यापी असन्तुष्टि पोखियो । त्यसले कति क्षति हुने आकलन गर्नुभएको छ ?
यसले एमालेलाई क्षति पुग्दैन । यद्यपि, एक-एक मतको अर्थ हुन्छ । एक-एक नेताको पनि अर्थ हुन्छ । धेरै गल्ती कमजोरीका बाबजुद उहाँहरूलाई पार्टीको जिम्मेवारीमा राखेर अगाडि बढेको हो । कुनै आग्रह थिएन । भीम रावलको हकमा महाधिवेशनमा अध्यक्ष केपी ओलीले ‘तपाई उपाध्यक्ष बस्नुहोस् एकतावद्ध भएर जाऔँ’ भनेर प्रस्ताव गर्नुभएको थियो । एक प्रकारले महाधिवेशनको अधिकार कटौती गरेर भए पनि त्यो ढंगले भन्नुभएको हो । घनश्याम भुसाल पार्टीको स्थायी कमिटीमै हुनुहुन्थ्यो । उहाँहरूले राखेको अडानका कारण जिम्मेवारी वञ्चित गरेको होइन । सिंगो जिन्दगी र संघर्षलाई एकथान टिकटसँग साटफेर गर्ने, मूल्यांकन गर्ने साथीहरूको हकमा के भन्न सकिन्छ र ।
स्थानीय तहको चुनावताका एमालेको आन्तरिक अध्ययनमा करिब ५१ हजार नेता-कार्यकर्ताबाट क्रस भोटिङ भएको भनिएको थियो । त्यसलाई हेर्दा त अहिलेको असन्तुष्टिको प्रभाव रहने देखिन्छ नि ?
यसबीचमा हामीले स्थानीय तहका कमजोरीको समीक्षा गरेका छौँ । समस्या कहाँ रहे भन्ने विषयको पहिचान भएका छन् । त्यतिबेला कमजोरी र समस्या दोहोरिन नदिने गरी मातहतका कमिटीले पूर्ण रूपमा तयारी गरेका छन् ।
तपाईंहरू पूरै आत्मविश्वासका साथ एमाले बहुमतसहित ४ मंसिरपछि सिंहदरबार छिर्ने देखिन्छ भनिरहनुभएको छ । तर, बाह्य परिस्थिति त्यस्तो देखिन्न नि ? यो त कार्यकर्तालाई मनोवैज्ञानिक उत्साहका लागि मात्रै जस्तो देखिन्छ ।
हामी अहिले समानुपातिकतर्फको मत ४० प्रतिशत कटाउँछौँ । त्यसले करिब ५० भन्दा सिट जिताउनेछ । त्यसबाहेक प्रत्यक्षतर्फ ९० देखि १०० को हाराहारीमा सिट जित्ने प्रारम्भिक आकलन छ । त्यसकारण गठबन्धनका यावत् घेराबन्दीहरू चिर्दै मंसिरको तेस्रो साता एमाले बहुमतसहित सिंहदरबार छिर्नेछ ।
प्रतिपक्षले सत्तापक्षविरुद्ध गरेको तालमेल हो, जुन संसारभर स्वाभाविक मानिन्छ । सत्ताले प्रतिपक्षसँग गर्ने गठबन्धन चाहिँ सामाजिक फाँसीवाद हो । सत्तासँग शक्ति हुन्छ । शक्तिले प्रतिपक्षलाई नियन्त्रण गर्न गरिने शक्ति दुरुपयोग भनेको अलोकतान्त्रिक हो ।
गठबन्धन आफैँ पनि भित्रबाट चर्किएको छ । धरमराएको छ । जसपाको बहिर्गमनपछि गठबन्धनको जग नै हल्लिएको छ । गठबन्धनभित्रै अविश्वास देखिन्छ । कतिसम्म भने पहिला आरजु राणालाई भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्सन गरेर प्रत्यक्षमा चुनाव लडाउने तयारी गर्नुभएको थियो तर पछि गठबन्धनभित्र अविश्वासकै कारण उहाँ समानुपातिकमा बस्ने स्थिति आयो । त्यत्रो गठबन्धनसहित रेनु दाहाललाई भरतपुर महानगरपालिकामा जिताएको थियो । तर, प्रचण्ड त्यही क्षेत्रबाट जित्न नसक्ने आकलन गरेर गोरखा जानुभयो ।
अहिले कांग्रेस ८८ सिटमा प्रतिस्पर्धा गर्दैछ । माओवादी झण्डै आधामा लडेको छ । एमाले एक सय ४० भन्दा बढी क्षेत्रमा चुनाव उठ्दैछ । आधाभन्दा कम ठाउँमा लडेका पार्टीले बहुमत ल्याउने र देशभर चुनाव लडेको एमाले पराजित हुने कुरामा प्रश्न नै हुँदैन ।
एमाले गठबन्धनसँग भिड्न एक्लै सक्षम रहेको दाबी गर्नु हुन्थ्यो । अहिले पाँच दलीय गठबन्धन बनाउनु भयो नि ?
हामीले केही-केही स्थानमा तालमेल गरेका छौँ । तर, उहाँहरूको गठबन्धन र हाम्रो तालमेलमा भिन्नता छ । पहिलो, प्रतिपक्षले सत्तापक्षविरुद्ध गरेको तालमेल हो, जुन संसारभर स्वाभाविक मानिन्छ । सत्ताले प्रतिपक्षसँग गर्ने गठबन्धन चाहिँ सामाजिक फाँसीवाद हो । सत्तासँग शक्ति हुन्छ । शक्तिले प्रतिपक्षलाई नियन्त्रण गर्न गरिने शक्ति दुरुपयोग भनेको अलोकतान्त्रिक हो । दोस्रो, हामीले गरेका तालमेलमा भने एमालेको नेतृत्व, एमालेको नीति र एमालेले भोलि बनाउने सरकारका नीतिसँग कसैको प्रश्न छैन ।
प्रभु साहको क्रियाकलाप एकल वा स्वविवेकको कुरा हो भन्ने लाग्दैन । यो छलकपटको पर्दा खुल्दै जाला । प्रभु साहले राजनीतिमा पूर्ति हुन नसक्ने खाल्डो खन्नुभएको छ । त्यसले त्यही पुर्नेछ ।
एमालेको नेतृत्वमा सरकार बनाउन सहमत भएर नै जसपा र राप्रपासँग केही-केही ठाउँमा तालमेल गरेका हौँ । एमालेसँग भोलि कसको नेतृत्वमा सरकार बनाउने, को सरकार रहने भन्ने दुविधा रहेन । केही ठाउँमा गठबन्धनको घेरा तोड्न तालमेल गरेको भए पनि यसलाई राष्ट्रव्यापी तालमेल भन्न मिल्दैन ।
जसपालाई गठबन्धनमा ल्याउनुभयो तर प्रभु साहले क्षति पुर्याउने संकेत पनि देखियो नि ?
प्रभुु साहबाट अनैतिक र बेइमानीपूर्वक कर्म भएको थियो । नेपाली राजनीतिको कुरुप चित्र पनि हो । र, असाध्यै लज्जास्पद घटना हो । पार्टी छोड्न पाइन्छ । असन्तुष्टि राख्न पाइन्छ । जोडिन पाइन्छ । पार्टीले विश्वासपूर्वक दिएको टिकटलाई खल्तीमा राखेर सम्बन्धित पार्टीको उम्मेदवारी नहुने किसिमको छुद्र खेलमा लाग्नुभयो । उहाँलाई यसको मूल्य ठूलो पर्नेछ । यस्ता खालका बेइमानीमा टिक्दैनन् । उहाँले साथीहरूले टिकट पाएनन् भनेर बहाना बनाउनुभएको छ । टिकट साथीहरूले नपाउने भए म पनि लड्न सक्दिनँ ज-जसलाई टिकट दिए पनि हुन्छ, म अलग भएँ भनेर जान सक्नुहुन्थ्यो नि । तर, उहाँले अराजनीतिक र अनैतिक र छलकपट गर्नुभयो ।
प्रभु साहको पछाडि को लाग्यो भन्न खोज्नु भएको हो ?
यसचोटी एमाले अनेक आक्रमण र घेराबन्दीबाट अगाडि बढिरहेको छ । विभिन्न शक्ति केन्द्रहरूले नेकपा विभाजन, एमाले विभाजनबाट पनि सिध्याउन सकिएन । न सरकारबाट बाहिर्याएर समाप्त पार्न सकियो न त स्थानीय तहको चुनावमा घेराबन्दी गरेर एमाले सिध्याउन सकियो भन्ने बुझेका छन् । यो सबै बुझेका शक्ति केन्द्रलाई एमालेको नेतृत्वमा सामाजिक, आर्थिक रूपान्तरण अगाडि बढेको, राष्ट्रियता सुदृढ गर्ने अभियानको बर्खिलापमा भएकाहरूलाई एमाले सिध्याउनुपर्नेछ ।
एमालेलाई घाउ पारिरहने षड्यन्त्रहरू छन् । त्यसका लागि विभिन्न पात्रलाई प्रयोग गरेका हुन्छन् । प्रभु साहको क्रियाकलाप एकल वा स्वविवेकको कुरा हो भन्ने लाग्दैन । यो छलकपटको पर्दा खुल्दै जाला । प्रभु साहले राजनीतिमा पूर्ति हुन नसक्ने खाल्डो खन्नुभएको छ । त्यसले त्यही पुर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९ १७:१५