पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष खगराज आचार्यमाथि हातपात गर्नेविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेको छ । आइतबार साँझ पोखराको राष्ट्र बैंक चोकमा जुस खाइरहेका बेला ‘कृस्ती–निर्मलपोखरी–भरतपोखरी’ सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडाध्यक्षमाथि हातपात गरेका थिए । उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डीएसपी कोमल शाहका अनुसार वडाध्यक्षमाथि हातपात गर्ने दातारामविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी सोमबार सार्वजनिक मुद्दा चलाइएको छ ।
वडाध्यक्ष आचार्यले वडा प्रहरी कार्यालय बैदाममा उजुरी दिएका थिए । पटक–पटक आफूमाथि दातारामले अनावश्ययक दबाब दिँदै गालीगलौज गर्दै आएको अध्यक्ष आचार्यले बताए ।
‘मैले खानेपानी आयोजनाका लागि अनुगमन समिति बनाउनुपर्छ भनेको थिएँ । तर, दातारामले मानेका थिएनन् । यही विषयलाई लिएर उनले मलाई हातपात गरे,’ वडाध्यक्ष आचार्यले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६ १८:२६