डोटीमा जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट दिपायलतर्फ आइरहेको शिलेश्वरी यातायातको से१ज ७८५ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दिपायल सिलगढी नगरपालिका १ तिखाको माथिल्लो मोडमा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जिप दुर्घटना भएको हो ।
दुर्घटनामा २५ वर्षीय चालक रमेश दास सामान्य घाइते भएका छन् । जिपमा सवार आदर्श गाउँपालिका–२ भाडीकोटका २४ वर्षीय डिलबहादुर थापा गम्भीर घाइते भएका छन् । घाइते थापाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९ १९:३१