नेपाली कांग्रेसको तर्फबाट पालुङटार नगरपालिकाको प्रमुखका उम्मेदवार दीपकबाबु कँडेलले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक बेइमान गरेर आफूविरुद्ध अफवाहा फैलाएको गुनासो गरेका छन् ।
पालिकाको प्रमुखको उम्मेदवारबाट आफू पछि नहटे पनि भट्टराईले पछि हटेर जनता समाजवादी पार्टीलाई सहयोग गरेको भ्रम फैलाएको भन्दै भट्टराईलाई राजनीतिक बेइमानी नगर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकार र ट्वीटरमा भट्टराईले कँडेलले हस्ताक्षर गरेको विज्ञप्ति सार्वजनिक गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, 'पार्टीले मलाई पुनः उम्मेदवार चयन गरेकोमा हार्दिक आभार । तालमेल गर्ने पार्टीको निर्णयप्रति इमानदार रहेको छु । कांग्रेस पालुङटारको उम्मेदवार मलाई बनाएको भए पनि कांग्रेस केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी कार्यान्वयन गर्न अनुरोध गर्दछु ।'
यो विज्ञप्ति जारी भएपछि पालुङटारमा जनतासमाजवादीलाई छोडिदिएको सन्देश भट्टराईले दिन खोजे पनि त्यसो नभएको उनले बताएका छन् ।
'मैले पार्टी सभापतिलाई भेटेको हो, पार्टीको निर्णय मान्छु भनेको हो । तर, पालुङटारमा मैले उम्मेदवारी फिर्ता लिएको होइन । म मैदानमा नै छु भ्रमको खेती गर्न आवश्यक छैन,' कँडेलले भनेका छन् ।
उनले बाबुराम भट्टराईबाट राजनीतिक अपराध भएको भन्दै कुनै पनि उम्मेदवारले नछोड्ने पनि बताएका छन् ।
तर, बाबुरामको स्टाटस र ट्वीटपछि कांग्रेस कार्यकर्ताले गोरखा कांग्रेस पार्टी कार्यालय घेरेका छन् । कँडेलले भने आफूले फिर्ता नलिएको भन्दै चुनावी प्रचारमा लाग्न अनुरोध गरेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ १९:२२