निर्माण व्यवसायी महासंघको आगामी नेतृत्वको लागि उम्मेदवारी दर्ता भएको छ । विशेष गरी कांग्रेस निकट व्यवसायीको वर्चस्व रहेको महासंघमा अपवाद बाहेक कांग्रेस निकट व्यवसायीहरूले नै जित्दै आएका छन् ।
यो पटकको निर्वाचनमा भने कांग्रेसले आधिरकारिक रुपमा राप्रपा निकट निकोलोश पाण्डेको पक्षमा प्यानल बनाएपछि कांग्रेस निकट कतिपय व्यवसायीहरू भड्किएका छन् ।
अध्यक्षमा वर्तमान अध्यक्ष मादेव खिम्ती निर्माण सेवाका सञ्चालक रवि सिंहले र कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा वर्तमान महासंघका वरिष्ठ उपाध्यक्ष निकोलश पाण्डेले उम्मेदवारी दिएका छन् ।
सिंह कांग्रेसको १४ औँ महाधिवेसनमा प्रकाशमान सिंहको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए भने पाण्डे राप्रपका नेता बिक्रम पाण्डेका छोरा हुन् ।
अघिल्लो निर्वाचनमा उनी रवि सिंह प्यानलबाट नै निर्वाचित भएका थिए । अहिले भने पाण्डेको अध्यक्षतामा कांग्रेस, राप्रपा र कम्युनिष्ट निकट व्यवसायीहरू मिलेर प्यानल बनाएका छन् ।
तर, असन्तुसष्टहरूले भने छुट्टै प्यानल बनाएका छन् । अध्यक्षमानै यो पटक पनि हुमनाथ कोइरालाले उम्मेदवारी दिएका छन् ।
मुख्यपद दुईवटा नै राप्रपालाई दिएपछि कांग्रेस समर्थित व्यवसायीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । पाण्डेको प्यानलबाट महासचिवमा बाशु उप्रेतीले उम्मेदवारी दिएका छन् ।
'अध्यक्ष मात्रै होइन महासचिव पनि राप्रपा समर्थित व्यवसायीलाई दिएपछि हामीले स्वतन्त्र रूपमा उम्मेदवारी दिउका छौँ', व्यवसायी रामशरण देउजाले भने, 'व्यवसायीको मत लिने हो, प्यानलको अर्थ छैन ।' देउजाले महासचिवमा उम्मेदवारी दिएका छन् ।
यता वर्तमान अध्यक्ष रवि सिंहले पनि प्यानल नै बनाएर उम्मेदवारी दिएका छन् ।
मुख्य पदमा कस-कसको उम्मेदवारी ?
अध्यक्ष :
- रवि सिंह (वतर्मान अध्यक्ष), मादेव खिम्ती निर्माण सेवाका सञ्चालक
- निकलोश पाण्डे (वर्तमान वरिष्ठ उपाध्यक्ष), कालिका कन्स्ट्रक्सनका सञ्चालक
- हुमनाथ कोइराला, विकोइ विल्डर्सका सञ्चालक
वरिष्ठ उपाध्यक्ष
- टेक बहादुर सेठ्ठी, आशिष कन्स्ट्रक्सन
- लक्ष्मण कुमार राना, शेर्पा (टि) निर्माण प्रा.लि
- धिरेन्द्रकुमार दाहाल, रौताहा कन्स्ट्रक्सन प्रा.लि
- आ दोर्जे लामा, पीएस कन्स्ट्रक्सन प्रालि
उपाध्यक्ष एसोसिएट
- बन्धन भगवती निर्माण सेवाका रामजी पन्त
- बी एन्ड केडिएस कन्स्ट्रक्सन प्रालिका भाइराजा श्रेष्ठ
- समानान्तर निर्माण सेवा प्रालिका अच्युतप्रसाद खरेल
उपाध्यक्ष प्रदेश १
- माङ्सुवा निर्माण सेवाका मोहनप्रसाद अधिकारी
- गजुरमुखी निर्माण कम्पनीका दिपक गौतम
उपाध्यक्ष मधेस प्रदेश
- रामजानकी निर्माण सेवाबाट शम्भु ठाकुर
- हिरालाल कन्स्ट्रक्सनबाट हिरालालप्रसाद कुर्मी
- दादा निर्माण सेवाबाट राजकिशोर राय
उपाध्यक्ष बागमती प्रदेश
- लामा कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिबाट पञ्चराम तामाङ
- हिमसागर कन्स्ट्रक्सनबाट सूर्यप्रसाद तिमिल्सिना
- च्याङ्मिला कन्स्ट्रक्सन कम्पनीबाट बालकृष्ण थापा
उपाध्यक्ष गण्डकी प्रदेश
- गिता कन्स्ट्रक्सनबाट खिमप्रकाश मल्ल
- बीएन कन्स्ट्रक्सनबाट नारायण घर्ती क्षेत्री
- अन्नपूर्ण कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनीबाट चिरञ्जीबी पोखरेल
उपाध्यक्ष लुम्बिनी प्रदेश
- अनुपम निर्माण सेवाबाट टोपबहादुर रायमाझी
- रवि एन्ड बबि निर्माण सेवाबाट मेघ जंग शाह
उपाध्यक्ष कर्णाली प्रदेश
- खड्का कृष्ण कन्स्ट्रक्सन प्रालिका रत्नबहादुर खड्का ( निर्विरोध निर्वाचित)
उपाध्यक्ष सूदुरपश्चिम
- रोयल कन्स्ट्रक्सनका प्रकाशबहादुर सेठ्ठी (निर्विरोध निर्वाचित)
महासचिव
- आर कोमल कन्स्ट्रक्सनका रामशरण देउजा
- आरडी एन्ड निर्माण सेवा प्रालिका रोसन दाहाल
- देव एन्ड सायर कन्स्ट्रक्सनका बासुदेव सुवेदी
- धुलीखेल निर्माण सेवाका टंकप्रसाद चौँलागाइँ
- दि आनन्द प्रालिका आनन्दप्रसाद अधिकारीले
साना भर्सेस ठूला व्यवसायी
निर्माण व्यवसायीभित्र प्रभाव पार्न सक्ने पूर्वअध्यक्षहरू जयराम लामिछाने, जिपछिरिङ लामा, कान्छाराम तामाङ लगायतका कांग्रेस नेतासमेत रहेका व्यवसायीहरूले निकलोश पाण्डे प्यानललाई सहयोग गरेका छन् । शुक्रबार उद्घाटन सत्रमा समेत व्यवसायीहरू दुई भागमा विभाजित देखिएका थिए । खासगरी वर्तमान अध्यक्ष सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाको तारिफ गर्दै ११ औँ खरिद नियमावलीले साना व्यवसायीलाई राहत दिएको र काम होल्ड गरेर राख्ने व्यवस्था हटाएको भन्दै खुसी व्यक्त गरेका थिए ।
तर, पूर्व अध्यक्ष तथा कांग्रेस नेता जिपछिरिङ लामाले असन्तुष्टि जनाएका थिए । आफ्नो निर्माण क्षमताको आधारमा धेरै काम पाएको उनको भनाइ थियो । महासंघका अधिकांश धेरै सानाा व्यवसायी रहेको भन्दै असन्तुष्ट पक्षले त्यसैको आधारमा चुनाव जित्ने दाबी गरेकाे छ । तर, पाण्डेको टिमलाई अधिकांश पूर्वअध्यक्षको समर्थन् र पार्टीको समेत आधिकारिकता लिएको कारण सहज भएको अनुमान गरिएको छ । उनले युवा व्यवसायीको पनि प्रतिनिधित्व गरेको कारण सहज हुने अनुमान गरिएको छ ।
आइतबार बिहान ८ बजेबाट मतदान गर्ने कार्यतालिका राखिएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८ २०:५२