पाँचौ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गरे । आफू नेतृत्वको सरकार गठन भएको ६ महिना, प्रतिपक्षले निरन्तर संसद् अवरुद्ध गरेको अवस्था, कोरोना संक्रमण बढेपछि आंशिक लकडाउनको स्थितिका साथै अर्थतन्त्रसँग सम्वन्धित अधिकांश सूचाकांक कमजोर बनेको अवस्थामा देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।
शुक्रबारको देउवाको सम्बोधनले उनका आफ्नै केही पहिचान मेटेको देखिएको छ । देउवाका केही पहिचना रहेका छन्
१. औपचारिक कार्यक्रममा तुलनतामक रूपमा समयमै पुग्छन्
राष्ट्रको नाममा सम्बोधन पनि एक प्रकारको औपचारिक कार्यक्रम हो । दिउँसो ३ बजेका लागि सम्बोधनको तालिका तय गरिएकोमा उनले दिउँसो ४ बजेपछि मात्रै सम्बोधन गरे । सरकारी स्वामित्त्वको नेपाल टेलिभिजनलाई मात्रै सम्बोधनको प्रत्यक्ष लाईभ गर्न दिइएकोमा देउवाले एक घण्टा ढिला गरी सम्बोधन गरेपछि एनटीभीको कार्यक्रम तालिकाहरू पनि प्रभावित बने ।
२. देउवा थोरै बोल्छन्, अनावश्यक कुरा धेरै गर्दैनन्
कति त्यस्ता कार्यक्रम रहेका छन् जहाँ देउवाले दुई मिनेटमा नै आफ्नो सम्बोधन सकेका छन् । तर शुक्रबार राष्ट्रका नाममा गरिएको सम्बोधन उनले ३५ मिनेट लामो गरे । महत्त्वपूर्ण विषयमा सम्बोधन गर्दा केही लामो हुनु स्वभाविक भए पनि सम्बोधनको क्रममा देउवाको हाउभाउले सम्बोधन लामो भएको देखाउँथ्यो ।
३. देउवा विषयबस्तु बाहिर गएर अनावश्यक कुरा गर्दैनन्
देउवा सामान्यतय विषयबस्तु बाहिर गएर नबोल्ने र सम्बन्धित विषयमा छोटकोरीमा बोल्ने नेताका रुपमा चिनिन्छन् । माथि उल्लेख गरिएको सन्दर्भका बीच देउवाको सम्बोधन धेरै लामो नमानिए पनि शुक्रबारको उनको सम्बोधनले विगतको उनको पहिचान दिँदैन थियो । २५ भदौमा प्रतिस्थापन विधयेक प्रस्तुत गर्दा अर्थमन्त्री जनार्दन शर्माले दिएको मन्तव्यका धेरै विषयमा देउवाको सम्बोधनमा रहे । उल्लेख गर्न आवश्यक नपरेका धेरै तथ्यांकहरू उनले प्रस्तुत गर्ने प्रयास गरे ।
४ देउवाको बोली आम जनताले प्रष्ट बुझ्दैनन्
विगतमा देउवा बोलेको बुझ्नलाई आम जनतालाई असहज नै हुने प्रतिक्रिया सुनिथ्यो । पछिल्ला दिनहरूमा केही स्पष्ट बोल्न थालेका देउवाको शुक्रबारको मन्तव्य भने जोकोहीले सहजै बुझ्न सक्थे ।
अब लागौँ सम्बोधनतर्फ
देउवाको पहिचानसँग जोडिने अर्को विषयमा बनेको थियो चस्मा । चस्मा लगाएर सम्बोधन गर्ने र पटक पटक चस्मा मिलाउने उनको क्यारिकेचर गर्ने कमेडियनहरूले अहिले पनि गरिरहन्छन् । पाँचौपटक प्रधानमन्त्री बनेपछि भने देउवाले चस्मा लगाउन छोडेका छन् । शुक्रबारको सम्बोधनमा देउवाले कतै चस्मा नलाएको कारण अंक चिन्न नसकेका हुन् कि भन्न सकिने थियो ।
उनी अंकमा पटक पटक झुक्किएर गलत तथ्यांक प्रस्तुत गरेका छन् ।
केही उदाहरण
११ कि ९९, एक एक कि उनान्सय
चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको मुद्रास्फिति (मूल्यवृद्धिदर) ७.११ प्रतिशत पुगेको छ । प्रधानमन्त्रीको सचिवालयबाट उपलब्ध गराइएको मन्तव्यकाे कपीमा तथ्यांकमा पनि ७.११ प्रतिशतकै मूल्य वृद्धिदर ७.११ प्रतिशत नै उल्लेख गरिएको छ । तर, प्रधानमन्त्रीको सम्बोधनमा मुद्रास्फिति ७.९९ प्रतिशत पुगेको बताएका छन् ।
राष्ट्र बैंकले चालु वर्षमा ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य राखेको थियो । तर पहिलो ५ महिनामा बाञ्चित सिमाभन्दा बाहिर मूल्यवृद्धिदर पुगेको छ । देउवाले भने राष्ट्र बैंकले उल्लेख गरेको भन्दा पनि बढी मूल्यवृद्धिदरको तथ्यांक प्रस्तुत गरेका छन् । यथार्थमा देउवा ११ र ९९ मा झुक्किएको देखिन्छ ।
खर्च ४ खर्ब कि ५ खर्ब ?
६ महिनामा संघको सरकारले ५ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँको सार्वजनिक खर्च गरेको छ । प्रधानमन्त्रीको लिखित मन्तव्यमा नै सोही विषय उल्लेख गरिएको छ । तर, प्रधानमन्त्रीले सम्बोधनको क्रममा एक खर्ब खर्च घटाएर ४ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँ पुगेको उल्लेख गरेका छन् ।
१६ खर्ब ३२ अर्ब ८२ करोडको बजेटका विषयमा पनि ६२ कि ८२ तथ्यांक ठम्याउन देउवा अलमिलए भने अन्तिममा भने करेक्ट भनेका छन् ।
स्थानीय तह कति छन् ?
प्रधानमन्त्री देउवाले आफ्नो सम्बोधनको क्रममा ७६८ स्थानीय तहमा ब्रोडव्यान्ड सेवा पुगेको छ । २५ स्थानीय तहमा ब्रोडव्यान्ड विस्तार गरेर ७७८ स्थानीय तहमा सेवा विस्तार गरको उनले बताएका छन् । लेखिएको र पढिएको मध्ये ३८ भन्नुपर्ने ठाउमा उनले ६८ भनेका छन् । मुलुकमा ७५३ स्थानीय तहमात्र रहेका छन् ।
उल्लेखित तथ्यांक र देउवको मनतव्यबीच धेरै अन्तर पाउन सकिन्छ । हरेक पटक तथ्यांक प्रस्तुत गर्ने क्रममा उनी अलमलिएका छन् । यस विषयमा देउवाको कमजोरी त देखियो नै मन्तव्य तयार पार्ने स चिवालयले पनि असवधानी अपनाएको देखिन्छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८ २०:२३