काठमाडौंको नयाँ बानेश्वरस्थित एनआईसी एशिया बैंकको शाखामा लुटपाट भएको छ ।
बानेश्वरको एनआईसी एशिया बैंकबाट १८ पुसमा १६ लाख रुपैयाँ लुटपाट भएको हो । लुटपाट १८ पुसमा भए पनि बैंकले भने यो घटना गोप्य राखेको थियो ।
प्रहरीका अनुसार बैंकमा संकलन भएको १६ लाख रुपैयाँ १८ पुस अपराह्न ४ बजे लुटेराको समूहले लुटेका थिए । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार राति चार जनालाई पक्राउ गरेपछि घटना बाहिर आएको हो ।
पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । लुटपाटको घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८ १३:२२