१— युट्युबमा लोकेसन परिवर्तन गर्नुस् । कुनै अपरिचित देशको लोकेसन राख्नुस् । त्यताको ट्रेडिङ भिडियोहरू रमाइलो होला ।
२— संसारका सबै राष्ट्रका राष्ट्रगान सुन्ने कोसिस गर्नुस् । नर्थ कोरियाको चाँही पाइँदैन ।
३— कुनामा पोका पारेका हरेक कुरालाई फेरि नियाल्नुस् । के थाहा तपाईंले बोकिरहेको प्रश्नको उत्तर त्यही भेटिन्छ की !
४— बर्षौ सँगै बिताएको सँगैको मानिसलाई सोध्नुस्— उसको सपना के थियो ?
५— पढेर सबैभन्दा दिक्क लगाएको किताब फेरि पढ्नुस् ! समस्या के हो ?
७— कम्तीमा एक घन्टा नृत्य गर्नुस् । गीत जुनै भए पनि ।
८— लकडाउन कसरी कटाइरहनुभएको छ, फेसबुकमा अप्ठ्यारो नमानी लेख्नुस् ।
१०— नयाँ भाषा सिक्ने कोसिस गर्नुस् ।
११— पुराना पुराना साथीलाई फेसबुकमा खोज्नुस् ।
१२— रिस उठेको कुरा कागजमा लेख्नुस् तर फेसबुकका पोस्ट नगर्नुस् ।
१३— पसिना बगाउँनुस् । उफ्रेरै भए पनि । कम्तीमा ४० पल्ट पुसअप गर्नुस् ।
१४— दिनमा ४ लिटर पानी पिउँनुस् ।
१५— चर्चित होइन, मन पर्ने गीत सुन्नुस् । खोज्नुस् ।
१६— स्टिभ जब्सका भाषण सुन्नुस्, युट्युबमा ।
१७— ब्रुस्लीका करतव हेर्नुस् ।
१८— जोसित संवाद बन्द भएको छ, उसलाई सन्देश पठाउँनुस् ।
१९— छिमेकीलाई मुस्कान दिनुस् । छतैबाट । हेहे ।
२०— दाँत बिहान र राति ब्रस गर्नुस्
बुद्धिसागरको फेसबुकबाट
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८ २१:०९